IME Life New

भुजेलका दम्पत्तिले छोराको पास्नीमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाँउपालिकाका एक जोडीले छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । जिल्लाको चिशंखुगढी गाँउपालिका वडा नं ३ दियालेका बुबा टिकाराम भुजेल र आमा सपना भुजेलले छोरा समिट भुजेलको नाममा ५ लाख बीमाङ्कको बीमा पोलिसी उपहार दिएका हुन् ।

जन्मदिन,पास्नी लगायतका अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढीरहेको बेला आफ्ना छोरा समिट भुजेललाई पास्नीको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ओखलढुंगा उपशाखाबाट ५ लाख बिमाङ्कको सुनौलो किरण बीमा योजनाको पोलिसी उपहार दिएको उपशाखा प्रमुख सुमन भट्टराई बताए ।

Esewa
Crest

भविष्यमा हुन सक्ने जोखिम र छोराको शिक्षादिक्षालाई आर्थिक सुनिश्चित गर्नका लागि बिमा गरेको बीमितका बुवा टिकाराम भुजेलले बताए ।
बीमाको बारेमा ग्रामिण क्षेत्रका नागरिकहरुमा चेतना भए सगै बीमा प्रति चासो राख्न थालेको भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS