IME Life
GBIME

आइएमई लाइफले नेपाली क्रिकेट खेलाडीहरुलाई २५ लाखको म्यादी जीवन बीमा गरिदिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आइएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो।

आइएमई. लाइफ इन्स्योरेन्सले ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पु¥याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ ।

Crest

युएई विरुद्ध उत्कृष्ठ प्रदर्शन गरि फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लिमिटेडले जनाएको छ । साथै, इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ को फाइनल खेलका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोहत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता लिएको छ।

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS