काठमाडौं । प्रिमियममा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको नाफा ७५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २१ करोड ६५ लाख नाफा कमाएको कम्पनीले गत आर्थिक वर्ष ५ करोड ३४ लाख नाफा कमाएको छ ।
कम्पनीको ब्यापारमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ८० करोडको ब्यापार गरेको कम्पनीले गत आर्थिक वर्ष ४ अर्ब ६२ करोडको ब्यापार गरेको छ । ब्यापार करीब ४ प्रतिशतले घटेको छ । ३ अर्ब ९७ करोड शेयर पुँजी भएको कम्पनीको जगेडामा ३ अर्ब ९९ करोड संचित नाफा र ७ करोड ९० लाख अन्य जगेडामा रहेको छ। शेयर प्रिमियम जगेडामा भने २ अर्ब ६५ करोड रहेको छ ।
प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ३४ पैसा र किताबी मूल्य २६९ रुपैयाँ ५६ पैसा रहेको छ ।