IME Life New

वार्षिकोत्सवमा सिटिजन लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष पुरा भएको सुखद अवसरमा, सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ ७७ वटै जील्लामा करीब ४०,००० विद्यार्र्थी सहित (मात्र रु १०० प्रती विद्यार्थी प्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक ईतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्र्थीक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित गराउन सफल भएको छ भने १७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

कक्षा नर्सरी देखी स्नातकोत्तर डिग्री सम्म एकै विध्यालय मा पठन पाठन हुने समताको आउने दिनमा गरीब तथा जेहेन्दार विद्यार्र्थीलाई सबैभन्दा न्युन शुल्कमा बिज्ञान बिषय, नर्सिङ्ग विषय लगायत अरु थुप्रै मेडिकल विषय समबन्धी शिक्षा प्रदान गर्ने योजना रहेको छ । यो पवित्र उद्देश्यका साथ अघी बढको समता एजुकेसन फाउन्डेसनको थप हौसला बढाउन, सिटिजन लाइफ इन्स्योरेन्स पनि सङ्गसङ्गै उभीएको छ ।

Esewa
Crest

कम्पनीले आज कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत  दशरथ मणी खड्का द्वारासमता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ । सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृती अशय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको छ ।

यसका साथै कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, -याली, रक्तदान कार्यक्रम, सामाजिक रुपमा पिछडिएका समुदायहरुका लागि शिपमुलक तालिम, शैक्षिक सामाग्रीको अभाव भइ शिक्षाबाट वन्चित विद्यार्र्थीहरुको लागि शैक्षिक सामाग्री वितरण तथा अनुदान, दृष्टिबाट वन्चित केहि व्यक्तिहरुलाई सेतो छडि वितरण लगायतका विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ । कम्पनीको वार्षिक उत्सवको अवसरमा आयोजित सम्पूर्ण कार्यक्रमहरु सफल बनाउन साथै कम्पनीको दिर्घकालिन प्रगतिको लागी सम्पुर्ण नेपालीहरुको माया, साथ र विश्वासको अपेक्षा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS