Connect IPS
IME Life

राज श्रेष्ठले छोरालाई जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुर विशालचोक निवासी युवा व्यवसायी एवम मोडल राज श्रेष्ठले छोरा मार्भिन श्रेष्ठलाई जन्मदिनको उपलक्ष्यमा जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड पाटन शाखाबाट सुनौलो किरण बीमा योजना उपहार स्वरुप प्रदान गरेका हुन् ।

जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको बीमा योजना उपहार दिएका हुन् । पछिल्ला दिनहरुमा जीवन बीमाको महत्व बुझेका अभिभावकहरुले आफ्ना सन्तानहरुको जन्मदिनमा सुनौलो किरण बीमा योजना उपहार दिने प्रचलन बढ्दै गएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती उप क्षेत्रीय प्रमुख मदन विष्टले जनाए ।

Prabhu
Crest

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स पाटन शाखा प्रमुख प्रकाश अधिकारीले अन्य जिन्सी वा खेलौना उपहार भन्दा जीवन बीमा उपहार दिँदा बच्चाको शिक्षा दीक्षा एवं उज्ज्वल भविष्य सुनिश्चित हुने बताए ।

पाटन शाखाका वरिष्ठ एजेन्सी म्यानेजर विजय कुमार राईको संयोजनमा जन्मोत्सवकै दिन बीमालेख हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती उप क्षेत्रीय प्रमुख मदन विष्ट, पाटन शाखा प्रमुख प्रकाश अधिकारी, बीमा लिडर सहित पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS