IME Life New

नौलो भेन्चर र लिब्रटी कलेजद्धारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असोज २५ गते नौलो भेन्चरले रोटर्याक्ट क्लब अफ लिब्रटी कलेजसँगका सहकार्यमा लिब्रटी कलेजको प्राङ्गणमा यस वर्षको दशै पर्वको उपलक्ष्यमा दशै दक्षिणा Passing on the smile” कार्यक्रम सफलता साथ सम्पन्न गरि टिकट बाट संकलन भएको रकम आज मिति २०८०/ ०६/२९ गते Dekhyi Tsering Home लाई सहयोग स्वरुप शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ ।

उक्त संस्थाले विभिन्न ठाँउमा दुःख पाएका र टुहुरा बालबालिकाहरुलाई ल्याएर कक्षा १२ सम्म निशुल्क रुपमा शिक्षा प्रदान गर्ने गर्दछ । हाल उक्त संस्थामा ११२ जाना बालबालिकाहरु बसोबास गर्दछन् । बडा दशैको अवसरमा आयोजना भएकाय उक्त कार्यक्रको नारा नै खुशी एक अर्का बिच साटासाट गर्नु थियो । सोहि नारा अनुसार टिकट मार्फत संकलन भएको रकमले Dekhyi Tsering Home बस्दै आएका छात्रा र छात्रलाई शैक्षिक र खेलकुद सामाग्री प्रदान गरि दिउँसो मिस्ठान्न भोजन पनि खुवाइएको छ ।

Esewa
Crest

नौलो भेन्चरलाई लिब्रटी कलेजले दिएका यो एउटा प्लाटफर्म हो । जसमा विद्यार्थीले किताबमा भएको सीमित ज्ञानलाई प्रयोगात्मक विधी मार्फत आपूmमा भएको कमी कमजोरीहरु सुधार गर्ने मौका पाएका छन् । यस प्लाटर्फममा विभिन्न किसिमको विभाग हुने हुँदा विद्यार्थीले कुनै पनि संस्थामा कसरी कार्य हुने रहेछ र टिममा काम गर्ने बानीको पनि विकास हुने गर्दछ । यस प्लाटफर्मले अध्ययन र प्रयोगमा रहेको दुरीलाई जोड्ने हुँदा एक विद्यार्थीको नेतृत्व र व्यवस्थापन कलाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS