IME Life New

यी दुई इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख पूनर्जागरण गर्दा आजसम्म छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । यी दुई कम्पनीको व्यतित बीमालेख पुनर्जागरणमा छुट लिने आज अन्तिम दिन रहेको हो । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज २४ गतेदेखि असोज ३० गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो ।

यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ। व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो ।

कम्पनीले २०८० असोज ७ गतेदेखि ३० गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ। कम्पनीको जुनसुकै पोलिसी खरिद गरी नवीकरण नभएका बीमालेखहरु असोज ३० गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS