IME Life New

पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गर्ने उद्योग मन्त्री रिजालको उद्घोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गिकरण गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गरिने बताएका हुन् ।

साथै उनले पर्यटनलाई उद्योगको रुपमा अगाडि बढाउन नसके देश आर्थिक रुपमा अघि बढ्न नसक्ने उनले बताए । हाल पर्यटन क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरेको छ । तर देशलाई आर्थिक रुपमा अघि बढाउने हो भने राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिनुपर्ने उनको भनाई थियो ।

Esewa
Crest

यसअघि नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा मन्त्री समक्ष माग गरेको थियो । केही समय अघि महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) को नेतृत्वको टोलीले उद्योग मन्त्रीलाई भेटी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको थियो ।

साथै उक्त समितिले होटलमा निजी क्षेत्रको ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुर्याएको भनदै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन माग गरेको थियो ।

मन्त्रीको प्रतिवद्धता र उद्घोष अनुरुप पर्यटन व्यवसाय उद्योग क्षेत्रमा वर्गिकरण भएमा पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै हरित पर्यटनमार्फत ठूलो मात्रामा विदेशी पर्यटक भित्र्याउन सकिने समितिका सभापति वस्नेतले बताए ।

साथै अबका दिनमा होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन कूल बिक्रीको ५ प्रतिशत रोयल्टीको व्यवस्थालाई हटाईनुपर्ने बताए । ‘रोयल्टी वापत ५ प्रतिशत मात्रै शुल्क पठाउन पाउने व्यवस्थाले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ उनले भने,’ ‘अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS