IME Life New

मन्दीले व्यापार खस्किँदा बीमा क्षेत्रबाट दक्ष जनशक्ति पलायन हुन बाध्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दीकाे असरले व्यापार गर्न कठिनाई हुन थालेपछि बीमा क्षेत्रका दक्ष जनशक्ति समेत पलायनकाे बाटाे राेज्न बाध्य भइरहेका छन् । जुनसुकै उपाय गर्दा समेत व्यापारका लागि दिइएकाे व्यवसायीक लक्ष्य पुरा गर्न नसक्ने अवस्था भएपछि नैराश्यताका कारण पलायन हुनुपर्ने बाध्यता सिर्जना भएकाे हाे ।

जीवन बीमककाे शाखा प्रबन्धकहरू अर्थतन्त्रकाे वृद्धि दर सकारात्मक रहँदा गाेजीकाे पैसा खन्याएरै भएपनि व्यवसायीक लक्ष्य पुरा गर्न तम्सि‌ंने गरेकाेमा अहिलेकाे मन्दीका कारण उनीहरूले जाेखिम लिने आँट गर्न सकेका छैनन् । पछि पैसा दिने सहमतिमा साथीभाइहरूका लागि गाेजीकै पैसा हालेर बीमालेख जारी गरिन्थ्याे,मधेश प्रदेशका एक क्षेत्रिय प्रबन्धकले भने, अहिले मन्दीमा कसैमाथि विश्वास गर्न सकिने अवस्था नै छैन ।

Esewa
Crest

देशकाे अर्थतन्त्रलाई गती दिनका लागी सरकारबाट भएकाे पहलले आशाकाे सञ्चार गर्न नसक्दा व्यापारीमात्र नभएर जागिरेहरु समेत पेशा र देशबाटै पलायनकाे मानसिकतामा धकेलिएका छन् । अहिलेकाे पलायनलाई गम्भीरतापूर्वक राेक्न नसकिए बीमा कम्पनीमात्र नभएर बै‌ंक वित्तीय संस्थामा पनि दक्ष र अनुभवी जनशक्तिकाे अभाव खट्किन सक्ने जानकारहरूकाे बुझाई छ।

देख्दादेख्दै पाँचजना साथीहरु राम्राे भविष्यकाे आशामा विदेश उडिसके, गण्डकी प्रदेशमा विगत दुई दशकदेखि बीमा पेशामा स‌ंलग्न एक अभिकर्ताले भने,अब हामीले कहिलेसम्म यहाँ मन अड्याउन सक्छाै‌ं,हेराैं । अहिलेकाे जस्ताे चरम निराशा काेराेनाकालमा समेत अनुभव गरिएकाे थिएन ।

देशभित्रै अवसर खाेज्ने भन्दा पनि विदेश पलायन हुने मानसिकता बाेकेर खुट्टा उचाल्नेहरुकाे जमात दिनदिनै बढ्दै गएकाे छ। १० वर्षसम्म माओवादी द्वन्द्वकालमा मच्चिएकाे हि‌ंसाले दुर्गमबाट सुगमतिर पलायन भएपनि यसपटक हुनेखाने वर्गहरू देशबाटै पलायन हुँदा समग्र अर्थतन्त्र नै अधाेगती तिर लाग्ने जाेखिम बढेकाे छ।

बीमा कम्पनीमा राम्राे व्यवसाय ल्याउन सक्ने शाखा प्रबन्धकहरु व्यक्तिगत लगानी भएका सहकारी, घरजग्गा काराेबार र शेयर बजार तीनवटै क्षेत्रकाे लगानी अड्किएकाे वा घाटा भएकाले पनि श्राेत सुकेकाे छ। चल्तीका शाखा प्रबन्धकहरूले अपेक्षित व्यापार गर्न नसक्दा मानसिक तनाव बढेकाे र व्यवसायीक सम्बन्ध समेत बिग्रन थालेकाले चिन्तित हुनुपर्ने अवस्था छ।

अब्बल भनेर चिनिएका वा आशालाग्दाे भनिएका शाखा प्रबन्धककाे राजीनामा कुनै पनि बेला आइपर्न सक्छ,मानव संशाधन विभागमा कार्यरत एकजना अनुभवी अधिकृतले भने,मानव संशाधन व्यवस्थापनमा अहिलेकाे जस्ताे तनाव पहिले अनुभव थिएन।

बैंक कर्जा प्रयाेजनका लागि धिताेकाे बीमा गर्नुपर्ने बाध्यता र सवारी साधनकाे अनिवार्य बीमा गर्नुपर्ने प्रावधानका कारण निर्जीवन बीमामा जीवन बीमाकाे तुलनामा व्यवसायका लागि दबाब कम छ। सवारी साधनकाे आयातमा उल्लेख्य गिरावट र सरकारले पूँजीगत खर्चमा कञ्जुस्याइँले गर्दा निर्जीवन बीमाकाे व्यापार चालू आवकाे भदाैसम्ममा १० प्रतिशतभन्दा बढीले घटेकाे छ । नेपाल बीमा प्राधिकरणले जारी गरेकाे तथ्या‌ंक अनुसार गत आव २०७९/८०काे भदाैसम्मकाे ७ अर्ब ८८ कराेड १६ लाख रूपैयाँबाट कूल बीमाशुल्क आम्दानी चालू आवकाे साेही अवधिमा ७ अर्ब ८ कराेड ५२ लाख रुपैयाँमा झरेकाे छ।

अवस्था सहज हुँदा सहकारीकाे ब्याकअप हुनेले जीवन बीमाकाे व्यापार राम्रै गर्थे, निर्जीवन बीमामा पनि तानतुन पारेर व्यापार भ्याउथ्याे, अर्का एकजना अनुभवी प्रबन्धक भन्छन्,बैंकले पनि ऋणीलाई जबरजस्ती गरेरै भएपनि बीमा सहयाेग गरेका थिए, अहिलेकाे परिस्थिति नै फरक छ। सहकारी डुबे, बैंकमा ऋणी हराए, घरजग्गा काराेबार शिथिल भएकाे छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेकाे चालू आर्थिक वर्ष २०८०/८१ काे भदाैसम्मकाे तथ्या‌ंकले पनि गत आव २०७९/८० काे तुलनामा समग्र जीवन बीमा व्यवसायकाे नयाँ व्यापार ६‍.९२ प्रतिशतले संकुचन भएकाे छ। गत आवमा थपिएका जीवन बीमालेखका कारण नविकरण बीमाशुल्क आम्दानीमा १६.८२ प्रतिशतले वृद्धि दर्ज भएकाे छ। नविकरण बीमाशुल्कमा भएकाे वृद्धिका कारण कूल बीमाशुल्क आम्दानी पनि ११‍.८६ प्रतिशतले वृद्धि भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%
happy

खुसी

78%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS