काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार आटबाट खुलेको छ । आज कम्पनीको कारोबार ५०८ रुपैयाँमा खुलेको हो । कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट कारोबार भएको हो । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको थियो । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।
कारोबार शुरु भएको १३ मिनेटमा कम्पनीको शेयर मुल्य घटेको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले घटेर ४६२ रुपैयाँ १० पैसामा कायम भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ ।