IME Life New

बीमालेख धितो कर्जा दुरुपयोगमा कारवाही भइरहेको एलआइसी नेपालको स्पष्टीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी नेपालले बीमितको सहमति बेगर बीमालेख धितोमा कर्जा जारी भएको विषयमा केही संचारमाध्यमबाट भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार सुचना अधिकारी सुदर्शन गिरीले विज्ञप्ति जारी गर्दै कम्पनीको एकजना अभिकर्ताले योजनाबद्धरुपमा बीमितको बीमालेखबाट कर्जा लिई नयाँ बीमालेख खरिद गर्न सो रकम प्रयोग गरेको पाइएको उल्लेख गरेका छन्।

Esewa
Crest

कम्पनीको शाखाका कर्मचारीलाई आवश्यक कागजात उपलब्ध गराउने विश्वास दिलाएर कर्जा रकम झिकेका अभिकर्ताले नयाँ बीमालेख बिक्रीवापतको कमिशन र प्रोत्साहन रकम समेत उपभोग गरिसकेको अवस्था रहेको र हाल बीमितको सहमति बेगर नै कम्पनीले कर्जा रकम निकासा गरेको एकोहोरो दाबी गर्दै कम्पनीलाई बद्नामी गरेको भन्दै एलआइसी नेपालले आपत्ति जनाएको छ। कर्जा रकम दुरुपयोग प्रकरणका संलग्न अभिकर्तासँग स्पष्टीकरण माग गरिएकोमा हालसम्म नदिएको उल्लेख गर्दै विज्ञप्तिमा सम्बन्धित बीमितको सम्पूर्ण कर्जा चुक्ता भई बीमालेख नियमित रहेको उल्लेख छ।

आरोपित अभिकर्ताले अभिकर्ता कर्जा वापतको रकम लामो समयदेखि चुक्ता समेत नगरेको भन्दै एलआइसीले निजको कमिशन र इन्सेटिभवापतको रकम रोक्का गरिएको जानकारी दिएको छ। साथै  निजलाई बीमालेख कर्जा वापतको रकम दुरुपयोग गर्न सघाएकोमा संलग्न कर्मचारीसँग स्पष्टीकरण मागेर कमपनीले प्रचलित कानून बमोजिमको आवश्यक कारवाही भइरहेको समेत सूचना अधिकारी गिरीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS