IME Life New

एट्टिक रेस्टुरेन्ट र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको हस्पिटालिटी क्षेत्रमा विगत लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था एट्टिक रेस्टुरेन्ट र नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको सम्झैता पत्रमा एट्टिकका तर्फबाट बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्ट तथा गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झैता पत्र अनुसार एट्टिक रेस्टुरेन्टले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने र गुरु ट्राभल्स लिमिटेडले एट्टिक रेस्टुरेन्ट र ग्राहकहरुलाई सुलभ दरमा विशिष्टीकृत सेवा उपलब्ध गराउने छ । साथै दुई संस्थाबीच सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट अघि बढ्ने सहमति पनि भएको छ । सम्झैता पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका कर्मचारीहरु सहभागी थिए।

सम्झैता पत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेस्टुरेन्टका बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्टले नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् ।

विष्टले आगामी दिनमा थप कार्यक्रमहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, विष्टले गुरु ट्राभल्स लिमिटेडका साथमा व्यावसायिक ज्ञान तथा अनुभवको आदानप्रदानबाट पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु(याउन सकिने अपेक्षा राखेकी छिन् ।

यस रेष्टुरेन्ट मन मिल्ने साथीहरूको समुहले २००९ मा स्थापना गरेको संस्था हो । उत्तर ढोकाबाट चार वर्ष सफल व्यवसाय सञ्चालन गरेपछि एट्टिक रेस्टुरेन्ट टंगालनमा सरेर सञ्चालन भएको थियो । त्यहाँ एक दशकको सफल व्यवसाय सञ्चालनपश्चात रेष्टुरेण्ट अझै परिष्कृत रुपमा ज्ञानेश्वरमा सरेको छ। उत्कृष्ट खाना, उत्कृष्ट पेय पदार्थ र अनुकरणीय वातावरणका लागि एट्टिक रेस्टुरेन्ट प्रसिद्ध रहेको बिष्टले जनाएकी छिन् । पछिल्लो समय एट्टिक रेस्टुरेन्टले नयाँ र अझ राम्रो स्थानबाट आफ्नो उत्कृष्ट सेवा र सुविधा प्रदान गरिरहेको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS