IME Life New

नेपाल लाइफले केन्द्रिय कार्यालयका लागि घरजग्गा खोज्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रीय कार्यालय भवनका लागि घर जग्गा खरिद गर्न लागेको हो । कम्पनीले घर जग्गा खरिदका लागि एक सूचना जारी गर्दै शिलबन्दी बोलपत्र आब्हान गरेको हो। नेपाल बीमा पधिकरणबाट जारी भएकोे निर्देशनको अधिनमा रही केन्द्रीय कार्यालयका लागि भवन आवश्यक भएकाले कम्पनीले घर जग्गा किन्न लागेको हो । घरसहित वा घर रहितको क्षेत्रफल २ रोपनीभन्दा माथि हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घर तथा जग्गा खरिद गर्नका लागि बोलपत्र आब्हान गरेको हो ।

Esewa
Crest

घरजग्गा बिक्री गर्न ईच्छुक व्यक्ति तथा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त प्रस्तावका लागि विभिन्न १३ वटा शर्तहरु राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS