Connect IPS
IME Life

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू गर्यो वन स्किल रिटेक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोर्याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन ।

वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहो¥याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थीहरू सफल हुने सम्भावना बढ्नेछ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै शीपको परीक्षामा पनि यो अवसर प्राप्त हुनेछ । परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत शीप जाँचे जस्तै हुनेछ । तर परीक्षार्थीहरूले अन्य तीन शीपको परीक्षा दिन भने आवश्यक हुने छैन । जसले गर्दा समयको बचत हुनेछ ।

Prabhu
Crest

आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर शुरू गरिएको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले बताए । ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृष्ट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौं,’ म्याकेन्जीले भने ।

‘अंग्रेजीमा आफ्नो प्रदर्शन निपुण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा शीपमा दोहो¥याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौं,’ उनले भने ।

आईईएलटीएस वन स्किल रिटेक ग्रहण गर्ने संगठनहरूले आवेदनको स्तरमा सम्झौता नगरीकन प्रवेशसम्बन्धी मापदण्ड हासिलमा आफ्ना परीक्षार्थीहरूलाई लचकता दिन सक्नेछन् । ‘परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउने यो पहलप्रति आईईएलटीएस पार्टनरहरूलाई पनि गर्व छ,’ म्याकेन्जीले भने ।

आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन् । यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहो¥याएर दिएको शीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन् । आईईएलटीएस वन स्किल रिटेकका लागि शुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ ।
‘नेपालमा आईईएलटीएस परीक्षार्थीहरूलाई उनीहरूले सकेको उत्तम अंक हासिल गर्न सक्ने बनाउन चाहन्छौं,’ नेपालका लागि परीक्षा निर्देशक राइम्यान म्याक्सिमले भने । यो नयाँ पहलले परीक्षार्थीहरूलाई पूर्ण सम्भावना हासिलमा सघाउने हाम्रो प्रतिबद्धता उजागर गरेकोमा हामीहरू शानसँग भन्न सक्छौं,’ उनले भने ।

ब्रिटिश काउन्सिल आईईएलटीएस
अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) विदेशमा उच्च अध्ययन तथा आप्रवासनको प्रयोजनमा विश्वमा सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो । विश्वभर ११ हजार ५०० भन्दा धेरै संघसंस्थाहरूले आईईएलटीएसमाथि विश्वास गरेका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा पेशागत निकायहरू पनि छन् । आईईएलटीएसमा ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीस अष्ट्रेलिया र क्याम्ब्रिज असेसमेन्ट इङ्लिशको संयुक्त स्वामित्व छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS