IME Life New

कम्पनी दर्ता गर्दा शुल्क मिनाहा दिने घाेषणा साढे तीन महिनापछि बल्ल कार्यान्वयनमा आउँदै

SPIL
Office of the Company Registrar
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर चालू आर्थिक वर्षभरका लागी छुट हुने भएकाे छ । उद्याेग वाणिज्य तथा आपूर्ती मन्त्रालयले नेपाल राजपत्रमार्फत् आइतबार सार्वजनिक सूचना प्रकाशन गर्दै शुल्क तथा दस्तुर छुट सम्बन्धी निर्णय सार्वजनिक गरेकाे हाे ।

प्रकाशित सूचना अनुसार कम्पनी ऐन अन्तर्गत  प्राइभेट लिमिटेड वा लिमिटेड कम्पनी दर्ता गर्दा, पुराना कम्पनीले पूँजी वृद्धि गर्दा, विदेशी कम्पनीकाे शाखा वा सम्पर्क कार्यालय स्थापना गर्दा र नाफा वितरण नगर्ने गरी कम्पनी संस्थापन गर्दा लाग्ने शुल्क तथा दस्तुर लाग्ने छैन । सरकारले चालू आवकाे बजेट भाषणमा नै कम्पनी दर्ता गर्दा लाग्ने शुल्क दस्तुर मिनाहा गर्ने घाेषणा गरेकाे थियाे । बजेट भाषण मार्फत् घाेषणा भएकाे साढे तीन महिना बितिसकेपछी बल्ल राजपत्र साे घाेषणा अनुसारकाे सुविधा कार्यान्वयनमा ल्याउन सूचना प्रकाशन भएकाे छ।

Esewa
Crest

शुल्क दस्तुर छुट हुने आशामा थुप्रै कम्पनीले कम्पनी दर्ता नविकरण र पूँजी वृद्धि सम्बन्धी विवरण अध्यावधिक गराएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS