IME Life New

ह्वावे र आईटियूबीचको सहकार्यले एशिया प्रशान्त क्षेत्रको डिजिटल विकासमा आशाजनक यात्राको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीहरुको संगठनले ‘सिड्स फर द फ्युचर समिट–२०२३’को आयोजना गरेको छ। ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिका लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसियाप्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एशिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा भाग लिएका छन्।

नेपालका ४ विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीसँग यो समिटमा सहभागी भएका छन्। यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदान–प्रदान कार्यक्रम, ह्वावेको विश्वस्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरुको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ।

Esewa
Crest

समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एसिया प्यासिफिकका अध्यक्ष साइमन लिनले भने, ‘ह्वावेले यस समिटको आयोजना गरेको यो तेस्रो बर्ष हो। हरेक वर्ष हामी केही नयाँ, थप साझेदारहरु सामेल भएसँगै यो कार्यक्रम फस्टाएको देख्न सक्छौँ। तथापि, यसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तीकरण गरी तीन कुरा अपरिवर्तित छन्।

’शिखर सम्मेलनको मुख्यभागका रूपमा ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले एसिया–प्रशान्त क्षेत्रहरुमा डिजिटल सहकार्यका ६ वटा प्रमुख क्षेत्र– आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमता निर्माण, युवती तथा युवा सशक्तीकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहँदै संयुक्त घोषणा गरेका थिए।

कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा। पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफलद्वारा समापन गरिएको थियो। कार्यक्रममा नेसनल युनिभर्सिटी अफ सिंगापुरका विज्ञहरु, ह्वावे र सिड्स फर द फ्युचरका प्रतिनिधिहरु सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रका भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोगगर्दै क्षमता अभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामा गहिरो प्रकाश परेको थियो।

यस प्रतिभा शिखर सम्मेलन चीनको शेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीका लागि अद्भुत अनुभवको विस्तार हो। त्यहाँ उनीहरुले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षाजस्ता क्षेत्रमा अद्वितीय अनुभव प्राप्त गरेका थिए।

आसियान १० दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशबाट सहभागी विद्यार्थीलाई ह्वावे, आसियान फाउन्डेसन र आईटीयूद्वारा सामूहिक रुपमा चयन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS