Connect IPS
IME Life

नेपाल इन्टरनेशनल एडिआर सेन्टरले विभिन्न कार्यक्रम गरी मनायो स्थापना दिवस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा “पहुंचयोग्य र स्तरीय बिवाद समधान” को नारा सहित व्यवस्थित रुपमा मध्यस्थता र मेलमिलाप सेवा प्रदान गर्दै आएको संस्था नेपाल इन्टरनेशनल एडिआर सेन्टरले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ मनाएको छ । विभिन्न कार्यक्रम हरुमध्ये कानून, व्यवस्थापन, इन्जिनियरिङ, लेखा तथा भौतिक विकास लगायतका क्षेत्रमा विशिष्ठ योगदान दिदै आएका लव्ध प्रतिष्ठित व्यक्तिहरुको बीचमा मध्यस्थता सेवामा नियमनकारी निकायको आवश्यकता विषयक एक दिवसीय गेष्ठीको आयोजना गरेको थियो ।

उक्त गोष्ठीमा सर्वोच्च अदालतका माननीय न्यायाधीश अनिल कुमार सिंन्हा प्रमुख अतिथिका रुपमा उपस्थित भई नेपालमा मध्यस्थता प्रकृयाको ऐतिहासिक विकासक्रम, हालको स्थिति तथा अवस्थाको चर्चा गर्दै मध्यस्थता सेवा प्रदायकहरु आफै सौम्य हुनु पर्दछ, देशको आवश्यकता अनुसार निर्माण भएका ऐन कानून र निर्धारित आचार संहिताहरुको यथोचित परिपालना गर्दै सक्षम, स्वतन्त्र र न्यायपूर्ण रुपमा विवादको समाधान तर्फ जिम्मेवार हुनु पर्दछ अन्यथा नियमनकारी निकायको नियमन आवश्यक हुन जान्छ भन्ने धारणा राखे ।

Prabhu
Crest

अदालतले पटक पटक विभिन्न मध्यस्थता सम्बन्धी विवादमा निर्णय दिएको छ, उन्नत हुन सकेनन् होला, हामी पनि निरन्तर सुधारको प्रयासमा छौ तर मध्यस्थताको सेवा प्रवाह गरी आएका संस्था र व्यवसायीहरु पनि त्यत्तिकै सवल र जिम्मेवार हुन जरुरी छ भनी मध्यस्थताको निर्णयमा देखिएका सुधारका क्षेत्रहरु, जिम्मेवारीका दायराहरु र आचार संहिता पालनाको आवश्यकता समेत औल्याउनु हुदै स्थापानाकाल देखि उधोग वाणिज्य क्षेत्रका करारीय विवादमा मध्यस्थता र मेलमिलापका माध्यमबाट निरन्तर सेवा दिदै आएको, समाजका सवै क्षेत्रका विषयगत विशेषज्ञहरु सम्लग्न रहेको र अन्तराष्ट्रिय संजालमा समेत काम गरी आएको संस्थालाई बधाई दिदै मध्यस्थता सेवाका लागि नेपाललाई बिश्वकै आकर्षक गन्तब्य बनाउन सफलता मिलोस भनी शुभकामना समेत दिए ।

सोही कार्यक्रममा उच्च अदालतका का।मु।मुख्य न्यायाधीश महेश शर्मा पौडेलले, मध्यस्थताको विधा अन्तराष्ट्रिय विधा हो । मध्यस्थता सम्बन्धी विवाद अदालतमा मध्यस्थले निर्णय दिनु पूर्व र मध्यस्थले निर्णय दिए पश्चात गरी दुई प्रकारले आउने भई त्यस्ता विवादहरुको निरुपण गर्दै आएको अदालतको जनशक्तिले सम्भव भएसम्म प्रभावकारी सेवा प्रवाह गरी आएको छ तथापी आगामी दिनमा थप तालिम, यस किसिमका गोष्ठी तथा कार्यशालाद्वारा मध्यस्थ तथा मेलमिलापका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास गर्दै जान आवश्यकता रहन्छ भन्ने धारणा व्यक्त गदै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कामको अनुभव गरी आएकोमा आयोजक संस्थालाई बधाई र शुभकामना ब्यक्त गरे ।

उच्च अदालत पाटनका न्यायाधीश राजेन्द्र खरेलले मध्यस्थता सेवा प्रदायकहरुमा आचार संहिता र सो को पालनाको अभाव रहेको पाईएको भनी केही दृष्टान्त प्रस्तुत गर्दै त्यस्तो अवस्थामा अदालतले हस्तक्षेप गर्न पर्ने अवस्था आएको बताए । उच्च अदालत पाटनका अर्का न्यायाधीश विमल सुवेदीले मध्यस्थताको विषय आफै जटिल विषय भएको, राष्ट्रिय र अन्तराष्ट्रिय कानूनलाई एक साथ ख्याल गर्नु पर्ने अवस्थामा मध्यस्थहरुले कतिपय विवादमा आचारणागत त्रुटी गरेको पाइएको हुँदा कुनै न कुनै रुपमा नियमनकारी निकायको आवश्यकता देखिएको तर पक्षहरुको स्वायत्तता नैनरहने गरी नियमन गर्न नहुने कुरा औल्याउदै आयोजक संस्थाले गरेको प्रगतीमा बधाई दिदै अझ थप प्रगतीको शुभकामना ब्यक्त गरे ।

इन्जिनियर नविन मंगल जोशीले ठूला आयोजनामा काम गर्दाको अनुभव सुनाउदै कम्तीमा आचार संहिता र सो को अनुगमन गर्ने निकायको व्यस्था भएमा मध्यस्थ तथा मेलमिलापको माध्यमबाट विवादको निरोपण गर्न उत्साहित हुने वाताबरण बन्ने हुनाले यस क्षेत्रमा नियमनकारी निकायको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

अधिवक्ताहरु दुर्गा प्रसाद अर्याल, रेशमराज रेग्मी, अर्थमन्त्रालयका उपसचिव बालकृष्ण निरौला लगायतका वक्ताहरुले नियमनकारी निकायको आवश्यकता रहेको तर उपभोक्ताको अपेक्षालाई मनन गरी नियमनकारी निकायको व्यवस्था गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।

सो कार्यक्रममा अधिवक्ता सेमन्त दाहालले नियमनकारी निकायको भूमीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशका दृष्टान्तहरु, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा काम गरी आएका विभिन्न संस्थाका नियमहरु र त्यसका आधारमा स्थापित अभ्यास समेतलाई विश्लेषण गर्दै सिमित अधिकारयुक्त नियमनकारी निकाय हुन आवश्यक रहेको धारणा राखे ।

कार्यपत्र उपर टिप्पणी गर्दै अधिवक्ता अनिल कुमार श्रेष्ठले मध्यस्थता सेवाको राष्ट्रिय र अन्तराष्ट्रिय आयाम उपर आफ्नो विश्लेषण प्रस्तुत गर्दै नियमनकारी निकायको आवश्यकता औल्याए ।

प्राध्यापक पूर्णमान शाक्यले नेपाल र छिमेकी मुलुकहरुमा हुने गरेको मध्यस्थता सेवाको तुलना गर्दै नियमनकारी निकाय भन्दा व्यवस्थित आचार संहिता वनाउने र त्यसलाई लागू गर्ने गराउने निकायको आवश्यकता रहेको उल्लेख गर्दै हाम्रा छिमेकी मुलुकको अभ्यास हाम्रा लागि अनुकरणीय हुन नसक्ने स्पष्ट पारे ।

संस्थाले मध्यस्थता र मेलमिलाप क्षेत्रमा गरी आएका काम कारवाही सो सम्बन्धी तालिम गोष्ठी तथा क्षमता विकास सम्बन्धी कार्यक्रमको जानकारी दिदै एशिया प्रशान्त क्षेत्रका १३ बटा संस्थासंग क्षेत्रीय संगठन मार्फत तालिम गोष्ठी सिमनार जस्ता कार्य गर्दै एक अर्कामा सहकार्यका लागि आबद्ध भएको, बिश्वमा ख्याती प्राप्त संस्थाहरु हङ्कङ ईन्टरनेशनल आर्विट्रेशन सेन्टर, ‌बंगलादेश ईन्टरनेशनल आर्विट्रेशन सेन्टर, चाटर्ड इन्स्टिच्युट अफ आर्ब्रिट्रेटर्स, लगायतका ख्याती प्राप्त अन्तर्राष्ट्रिय संस्थासंग सहकार्य र साझेदारी गरी बिभिन्न तवरले संयुक्त कार्यक्रम गरी आएका प्रष्ट गर्दै स्थापनाकाल देखी नै मध्यस्थता र मेलमिलाप सेवा प्रदान गर्दै आएको जानकारी गराए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS