IME Life New

खनियाबास गाउँपालिकाको ४ वडामा सिटिजन लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धादिङ जिल्ला खनियाबास गाउँपालिकाको ४ वटा वडामा साताव्यापी बीमा सचेतना कार्यक्रम संचालन गरेको हो । कम्पनीले सचेतना कार्यक्रम विभिन्न वडामा बिभिन्न ढाँचामा कार्यक्रम सम्पन्न गरेको हो । बीमा प्राधिकरणले तोके बमोजिम कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

औपचारिक र अनौपचारिक दुबै रुपमा सम्पन्न सो कार्यक्रम २ ,३,४,५ वडामा सञ्चालन गरिएको थियो । कार्यक्रममा गाउँ पालिका अध्यक्ष रणबहादुर तामाङ ज्यू साथै ४ वटै वडाका वडा अध्यक्षहरु , शिक्षक स्वास्थ्यकर्मी , महिला समुह, आमा समुह, कृषक समुह को सकृय सहभागिता रहेको थियो । बिशेष गरि बच्छला उच्च मा.बि मा शिक्षकहरुसँग बीमा कार्यक्रम सम्पन्न गरेको हो ।

Esewa
Crest

कम्पनीले लालुपाते महिला समुह, राउते महिला समुह, रातमाटे महिला समुह, डाँफे महिला समुह, प्रगतिशिल महिला समुह, कालिकादेवी महिला समुह, भोगटेनी महिला समुह, खनियाबास महिला समुह, पारा महिला समुह, माहुर महिला समुह, कुरि महिला समुह, सिमला महिला समुह, राउते महिला समुह, रातमाटे महिला समुहमा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS