काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेन्जमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीले लिलामी मार्फत विक्री गरेको अवितरित ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचिकृत गरेको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।


















