काठमाडौं । सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १५८ रुपैयाँ ४१ पैसा देखि अधिकतम ४७५ रुपैयाँ २३ पैसा सम्म रेञ्ज दिने सम्भावना देखिएको छ ।
पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्ज भित्र पहिलो कारोवार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।
सर्वसाधारण तर्फबाट कम्पनीको आईपीओमा ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।