IME Life New

सन नेपाल लाइफको मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको हेटौंडा शाखा द्धारा आयोजित भदौ ६ गते हेटौंडा स्थित रोयल प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बार्षिक तथा उत्कृष्ट बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई आगामि दिनमा धेरै भन्दा धेरै लक्ष्य पुरा गराउने उदेश्यको साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल ले पानसमा द्धिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

Esewa
Crest

सो अवसरमा उपस्थित करिब ५० जना उत्कृष्ट अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी बार्षिक लक्ष्य पुरा गराउने उदेश्यका साथै यस कम्पनीका बागमती प्रदेश प्रमुख समेत रहेका चुडामणी सुबेदीले तालिम प्रदान गरेका थिए ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको जानकारी गराएका थिए । अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता संजाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृद्धि विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अनुसार यो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए । कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

कार्यक्रम कम्पनीको हेटौडा शाखाका शाखा प्रबन्धक पवन थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS