IME Life New

२३ शाखा तथा उप शाखाका लागि प्रभु महालक्ष्मी लाइफले खोज्यो घर/फ्ल्याट भाडामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले घर भाडामा खाजेको छ । साविक प्रभु लाइफ र साविक महालक्ष्मी लाइफ एक आपसमा मर्ज भएपछि विभिन्न शाखा तथा उप शाखा कार्यालयहरु स्थानान्तरण, स्तरोन्नती गर्ने कार्यहरु भइरहेको हुनाले कम्पनीले घर भाडामा खोजेको हो ।
कम्पनीले विभिन्न स्थानमा रहेका कार्यालय प्रयोजनका लागि घर फ्ल्याट आवश्यक रहेको हुनाले ईच्छुक घरधनीले लिखित कागजात सहित प्रधान कर्यालय, प्रशासन तथा सामान्य सेवा विभाग कमलादीमा सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न आव्हान गरेको छ ।
कम्पनीले उपत्यकाभित्रका कुपण्डोल, इमाडोल, लोकन्थली, कौशलटार, कमलादी, नक्साल, थानकोट, टेकु, त्रिपुरेश्वर, महाराजगञ्ज, बालाजू, शंखमुलका लागि घर भाडामा खोजेको हो भने उपत्यका बाहिर वीरगञ्ज, जनकपुर, टाँडी, कुस्मा, बाग्लुङ, बुटवल, लमही, पाल्पा, सुर्खेत, अत्तरीया, डडेलधुराका लागि घर भाडामा खोजेको हो ।

घरधनीहरुले जग्गाधनी प्रमाणपत्र, लालपुर्जाको प्रतिलिपी १, घरधनीको नागरिकताको प्रतिलिपी १, हालसालै मालपोतमा बुझाएको रसिदको प्रतिलिपी १, घरको निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपी, घरधनीको बैंक खाता विवरण, घरधनीको प्यान कार्डको प्रतिलिपी १ गरी कम्पनीमा निवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS