IME Life New

शिवरामले छोरीको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । परम्परागत रुपमा दिइने उपहारलाई पछिल्लो समय मानिसहरुले केही नयाँपन दिने गरेका छन् । बिबाह ,बैबाहिक बर्षगाठ,जन्मदिन, अन्नप्रासन पास्नी लगायतमा बहुमुल्य भौतिक सामग्रीहरु मोबाइल ,सुनचाँदी उपहारको रुपमा दिँदै आइरहेकोमा अब भने बीमा पोलिसी उपहार दिने प्रचलन ल्याएका हुन् ।

यसैबीच शिवराम घिमिरे , प्रोपाइटर मिसन कम्प्युटर तथा ट्युशन सेन्टर बनेपाले आफ्नो छोरी सस्कृति घिमिरेलाई जन्मदिनको विशेष उपहारका रुपमा १० लाखको बीमा पोलिसी उपहार दिएका हुन् । उनले सानिमा रिलायन्स लाइफको बाल श्री बिमालेख उपहार दिएका छन।

Esewa
Crest

जिन्सी सामानहरु अती नै मुल्यवान भएपनि क्षणिक हुने गर्दछ तर यस्तो उपहारले मानिसलाई दिर्धकालीन फाइदा नहुने भएकाले उनले आफ्नो छोरीलाई भविष्यमा सहयोग हुने हेतुले बीमा पोलिसी उपहार दिएको बताए ।

कम्पनीले बीमितको घरमा गएर नै उक्त बीमालेख हस्तान्तरण गरेको हो। बिमालेख हस्तान्तरण कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख बलराम खत्री , मार्केटिङ अफिसर प्रेमजित भैल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS