IME Life New

नेपाल लाइफको इलाम शाखाले हात पार्यो देशकै उत्कृष्ट शाखा कार्यालयको अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इलाम शाखा देशकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । कम्पनीको देश भरी रहेका उत्कृष्ट ३० वटा शाखा कार्यालयहरुमध्ये इलाम शाखा कार्यालय पनि उत्कृष्ट शाखाको रुपमा घोषित हुँदै सम्मान पाएको हो । कम्पनीले साउन १५ गतेदेखि चितवनको सोराहमा आयोजना गरेको विजनेश एक्सिलेन्स कन्फ्रेन्समा इलाम शाखा कार्यालयलाई उत्कृष्ट शाखा घोषणा गर्दै पुरस्कृत गरिएको हो ।

कम्पनीले असार महिनामा दिएको लक्ष्यको १६५ प्रतिशत वार्षिक लक्ष्यको शतप्रतिशत भन्दा बढी व्यवसाय गरी उत्कृष्ट शाखा भएको हो । कम्पनीको देशभरि रहेका १८३ शाखा तथा उप शाखाहरुलाई कम्पनीले विभिन्न ६ विदामा गरेको मुल्याङकनको आधारमा ४ विधामा इलाम शाखा कार्यालयले अवार्ड हात पार्न सफल भएको हो ।

Esewa
Crest

इलाम शाखा कार्यालयका शाखा प्रमुखमा राजु अधिकारीले अथाह मेहनतले आज यो सफलता प्राप्त भएको बताउँदै आगामी दिनमा पनि अझै उत्कृष्ट बीमा सेवा प्रवाह गरी व्यवसायलाई तिव्रता दिँदै यी लक्ष्यहरु प्राप्त गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS