Connect IPS
IME Life

आइएमई लाइफद्धारा ६ प्रदेशमा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छ वटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ ।

कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सन्चालित हाम्रो साझा घरमा रहनुभएको ४० जनाभन्दा बढी बृद्ध बृद्धालाई झुल तथा खाद्यान्न सामाग्रि बितरण गरेको छ । उक्त कार्यक्रम १०० जनाभन्दा बढीको उपस्थितिका बिच सम्पन्न भएको थियो ।
मधेश प्रदेशमा बीरगन्ज र हरिवन शाखाबाट मानव सेवा आश्रम हरिवन र वीरगन्जमा क्रमश खाद्यान्न सामाग्री वितरण गरिएको थियो । वाग्मती प्रदेशबाट काठमाडौंको सोह्रखुट्टेस्थित असहाय जेष्ठ नागरिक आश्रम तथा भतmपुरको मानव कल्याण समाज सेवा घर तथा नारायणघाट शाखाबाट चितवन मानव सेवा आश्रममा सरसफाइका सामाग्री हस्तान्तरण र खाजा खुवाउने कार्यक्रम गरिएको थियो ।

Prabhu
Crest

त्यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा बसेका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भोजन सहयोग गरेको थियो । वालिङ शाखाले शिव पार्वती बृद्धाश्रम, राम्दिमा रहनुभएका बृद्धहरुकालागि फलफूल, नगद र सिलिङ्ग पंखा वितरण गरेको थियो ।

दमौलि शाखाबाट उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको थियो । कर्णालि प्रदेशबाट नेपाल बीमा प्राधिकरण प्रदेश प्रमुख पदम सोडारीको उपस्थितिमा बादि सरोकार मन्च, सुर्खेतलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो । उक्त मन्च अन्तर्गत आश्रममा एक सय दश जना लोपोन्मुख बादि जातिका बाल विद्यार्थीहरु बस्ने गर्छन् । सुदुर पश्चिम प्रदेश अन्तर्गतको धनगढी शाखाले आमाको माया छात्रावासमा अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम गरेको थियो । लम्की शाखाले बौनिया स्थित सहारा घरमा भोजन वितरण गरेका छ भने बाजुरा शाखामा पनि बालआश्रममा भोजन वितरण गरेको छ ।

उक्त कार्यक्रमहरुको समापनमा सम्पूर्ण कर्मचारीहरुलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक सोंचको विकास गर्ने तथा सामाजिक उत्तरदायित्व निभाउन आईएमई. लाइफ इन्स्योरेन्स सदैव तत्पर रहने कुरा बताए । छैटौं वार्षिकोत्सव अन्तर्गत आई. एम. ई. लाइफ इन्स्योरेन्सले आगामी दिनमा देशैभर स्वास्थ्य शिविर, युवाहरुलाई वित्तिय सशक्तिकरण तालिम तथा रक्तदान कार्यक्रमको आयोजना गर्न गईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS