IME Life New

आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्ने प्रतिवद्धताका साथ सम्पन्न भयो सिटिजन लिडर्स नाइट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइट कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले होटल मेरिटमा एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कार्य सम्पादन गर्ने सम्पूर्ण सिटिजन लिडरहरुलाई पुरस्कृत गरेको हो ।

कम्पनीले सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध नेपालभरीका उत्कृष्ट लिडरहरुलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०७९ /८० मा उत्कृष्ट कार्य सम्पादन गरेका एजेन्सी, एजेन्सी म्यानेजर, उत्कृष्ट ब्रान्चहरु, नेपाल टप एजेण्टहरु, नेपाल टप एजेन्सी म्यानेजर र वर्षभरी उत्कृष्ट कार्य सम्पादन गरी यो उचाईमा पुर्याउन सफल भएका सबैलाई सम्मान गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा यस कम्पनीका अध्यक्ष प्रदिप जंङ पाण्डे, बोर्ड अफ डाइरेक्टर, कम्पनीका सिइओ, अतिथीको रुपमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, गाइका अंजली अधिकारी, कर्मचारी, अभिकर्ता लगायत २५० जना बढीको उपस्तिथि थियो

कार्यक्रममा कम्पनीका सिइओ पोषकराज पोखरेलले कम्पनीमा भएका गतिविधि, कम्पनीका आगामी रणनीति, योजनाका विषयमा आफ्नो धारण राख्नुको साथै, कम्पनी स्थापनाको ६ वर्षको अवधिसम्म राम्रो ढङबाट प्रस्तुत हुँदै आएको र आगामी दिनमा पनि कम्पनीले यो सफतालाई अझै उचाईमा पुर्याउनका लागि सबै टिम लागि पर्नुपर्ने कुरा बताए । उनले कम्पनीका विभिन्न तथ्याङकहरु समेत प्रस्तुत गरेका थिए ।

कम्पनीका अध्यक्ष सबै लिडरहरुले अथाह मेहनत गरी कम्पनीलाई यो उचाईमा पुर्याउन सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि यसैगरी सबैको साथ र सपोर्ट अपेक्षा समेत उनले गरे ।

उक्त कार्यक्रममा गाइका अधिकारीले आफ्नो कला प्रस्तुत गरेकी थिइन् भने अनुराधा कोइरालाले महिला सशक्तिकरण र महिलाहरुलाई हुने यौनजन्य क्रियाकलाप लगायत महिलाको विषयमा विभिन्न खालका सन्देशमुलक भाव व्यक्त गरेकी थिइन् ।

सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नारा सहित यस कम्पनीले देशका सुगम ठाउँदेखि दुर्गम ठाउँसम्म बीमा सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा थप उर्जाका साथ अझै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS