Connect IPS
IME Life

सुर्यज्योति लाइफको नारायणगढ शाखाद्वारा एजेन्सी सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नारायणगढ शाखाले आर्थिक वर्ष २०७९/ ८० मा उत्कृष्ट कारोबार गर्ने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा भव्य कार्यक्रमका बिच सम्मान गरिएको हो ।

कार्यक्रममा सेल्फ कोडमा सर्वाधिक व्यापार गरि प्रथम हुने दिपक टन्डन, दोस्रो हुने रमेश खनाल, तेस्रो हुने सरिता कोईरालालाई शिल्ड एवम् मेडल दिई सम्मान गरिएको कार्यक्रम संयोजक हेमराज रिमालले बताए ।

Prabhu
Crest

कार्यक्रममा टिम बिजनेस तर्फ सर्वाधिक कारोबार गरि प्रथम हुने रमेश खनाल, दोस्रो हुने सरिता कोईराला, तेस्रो हुने दिपक टन्डनलाई सम्मान गरिएको छ । साथै स्टार एजेन्सी बन्न सफल शोभा बस्ताकोटी, सुनिल पौडेल, कृष्ण कुमारी महतो, सिर्जना थापा, शान्ति पौडेल, प्रेम ढकाल, स्मृती ढकाल, मणिलाल कुँवरलाई सम्मान गरिएको कार्यक्रम संयोजक रिमालले बताए ।

उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९ /८० मा सर्वाधिक कारोबार गर्ने एजेन्सी म्यानेजरहरुलाई रिजनल म्यानेजर ईश्वर विकल सापकोटाले सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान समेत गरेका थिए ।

सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु। ४ अर्ब ५४ करोड रहेको छ भने देशभर १८१ शाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS