IME Life New

आइएमई लाइफद्धारा मेयर साम्पाङको वृक्षारोपन अभियानमा १ हजार विरुवा प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपन अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आइएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले हिजो साउन १३ गते मेयर साम्पाङको वृक्षारोपन अभियानमा सहभागिता जनाउँदै विरुवा प्रदान गरेका हुन् ।

उनीहरुले मेयर साम्पाङको उक्त अभियानमा सहयोग पुगोस भन्ने हेतुले विरुवा प्रदान गरेको बताए । हिजो आईएमई लाइफको कोशी प्रदेशका २ सयभन्दा बढीले उक्त अभियानमा श्रम दान गरेका हुन् ।

Esewa
Crest

उक्त अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको थियो । देशमा हुने विकासको गतिविधीहरुमा आइएमई लाइफले सहयोग गर्दै सहभागिता जनाउँदै आइरहेको छ र आगामी दिनमा पनि यस्तो विभिन्न क्रियाकलापहरुमा सहभागिता हुने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS