IME Life New

सिटिजन लाइफको टाउन हल सभाको १०औं संस्करण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १०औं संस्करण श्रावण २ गते, मंगलवार सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले ,”भने टाउन हल सभा सबै कर्मचारीहरुको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनितीमा छलफल हुने अवसर हो ।” कम्पनीले गरेको प्रगती, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरुको वारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने उनले बताए ।

Esewa
Crest

कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पुर्ण टिमलाई कम्पनीको लक्ष्य पुरा गर्नको लागी व्यवस्थापन टिम सँग पङ्क्तिबद्ध भएर साथ साथ अघी बढ्न यस्तो सभाले महत्तोपुर्ण भूमिका खेल्न मद्दत गर्ने उनको भनाइ छ । सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रुपमा गर्ने गर्दछन तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रैमासिक रुपमा प्रत्यक्ष भेट्ने, कम्पनीको प्रगती तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सवै तहमा प्रभाकारी संचार हुने तथा कर्मचारीहरुलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो । कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्त्वपूर्ण रहन्छन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS