Connect IPS
IME Life

एशियन लाईफले दियो एक करोड रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। एशियन लाईफ इन्स्योरेन्स कं.लि.ले मृत्यु दाबीवापत रु १ करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ ।

बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी नाथु देवानले वार्षिक रु.३ लाख ७१ हजार ७ सय ५० बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ असार २९ गते दोहोरो बीमांक सुविधा सहित रु.५० लाख बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए । बीमितबाट एशियन लाईफले बीमाशुल्कको दुई किस्तावापत जम्मा रु.७लाख ४३ हजार ५ सय भुक्तानी प्राप्त गरेको  थियो। बीमालेखको बीमांक वापत रु. ५० लाख, दोहोरो बीमांक (टु एक्स) वापतको रु. ५० लाख र बोनश रकम समेत कूल रु.१ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS