काठमाडौं । नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित भएका छन् । नागरिक लगानी कोषको आज सम्पन्न २८औं वार्षिक साधारण सभाबाट खत्री निर्विरोध निर्वाचित भएका हुन् ।
सभाले बैंक तथा वित्तीय संस्थाहरुको समूहबाट सञ्चालक समितिमा ३ वर्षका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका हुन् । खत्री नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।