Connect IPS
IME Life

आइएमई लाइफको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आज शनिवार शेयर बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओ नतिजा केही समयपछि मात्रै प्रकाशन हुनेछ । कम्पनीको आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/ सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।

Prabhu
Crest

धितोपत्र बिक्री प्रबन्धकका अनुसार उक्त आइपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता शेयर योग्य भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता शेयर रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। उक्त आइपीओमा योग्य आवेदकमध्ये २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS