Connect IPS
IME Life

प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीहरुको शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दैपाँच जना संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर विक्री गर्ने बताएको छ ।

कम्पनीले संस्थापक शेयरधनी गायत्री सिंह सुवालको नाममा रहेको ५१ हजार ८८२ कित्ता, नवल किशोर चौधरीको २ हजार ६९५ कित्ता, दिल सुन्दर श्रेष्ठको १ लाख कित्ता, नितु अग्रवालको ४ हजार २६७ कित्ता, रुपेश थापाको ९ हजार ५५५ कित्ता गरि कुल एक लाख ६८ हजार ३९९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

शेयरको बिक्री मूल्य भने खुलाएको छैन् । उक्त शेयर खरिदको लागि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन दिन सकिने जनाएको छ ।

साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS