IME Life New

प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीहरुको शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दैपाँच जना संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर विक्री गर्ने बताएको छ ।

कम्पनीले संस्थापक शेयरधनी गायत्री सिंह सुवालको नाममा रहेको ५१ हजार ८८२ कित्ता, नवल किशोर चौधरीको २ हजार ६९५ कित्ता, दिल सुन्दर श्रेष्ठको १ लाख कित्ता, नितु अग्रवालको ४ हजार २६७ कित्ता, रुपेश थापाको ९ हजार ५५५ कित्ता गरि कुल एक लाख ६८ हजार ३९९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

Esewa
Crest

शेयरको बिक्री मूल्य भने खुलाएको छैन् । उक्त शेयर खरिदको लागि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन दिन सकिने जनाएको छ ।

साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS