काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको भोलि असार २९ गतेदेखि शेयर कारोबार रोक्का रहने भएको छ । प्रभु लाइफ र महालक्षी लाइफले भोलि असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको हो । संस्थाहरु एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम संस्थाको शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि असार २९ गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का हुने भएको हो ।
1689223797882प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

















