IME Life New

आज अन्तिम दिन आइएमई लाइफको आइपीओमा करिब १३ लाखको पर्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियममा निष्काशन गरेको आइपीओमा १२ लाख बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज कम्पनीको आइपीओ भर्ने अन्तिम दिन असार २५ गते साँझ ५०६ बजेसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

Esewa
Crest

सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको थियो ।

त्यस्तै, पाँच प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषको लागि छुटाइएको छ । पाँच प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुटाइएको छ भने बाँकी रहेको ९६ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS