IME Life New

एशियन लाइफको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत वैशाख १८ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले २ अर्ब ९० करोड ८१ लाख ११ हजार चुक्ता पूँजीको आधारमा बोनश शेयर वितरण गरेको हो । बोनशसँगै यस वर्ष कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।

Esewa
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ८ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण वैशाख ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ ।

वैशाख ७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS