IME Life New

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बीमा सानिमा रिलायन्स लाइफले गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाबिच सम्झौता भएको छ । यस सहकारी र इन्स्योरेन्स कम्पनीबीच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जीबन बीमाका लागी सम्झौता सम्पन्न भएको हो ।

सरल तथा सहज बीमाका लागी भरपर्दाै बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौैतामा हस्ताक्षर गरेका छन ।

Esewa
Crest

बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आई.टी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थीति रहेको थियो । उक्त अबसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिए ।

बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता बिकास गर्नका लागी बिना भेदभाब “हामी गर्छाे,सबैका लागी,सधैका लागी” भन्ने मुल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS