IME Life New

ज्योति लाईफ इन्स्योरेन्समा आवद्ध सबैले लुम्बिनी हस्पिटलमा विषेश छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाईफ इन्स्योरेन्स र लुम्बिनीहस्पिटल एण्ड टेक्निकलकलेजबीच सेवा सम्झौता भएको छ । आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा प्रदेश नं ५, बुटवल–६, रुपन्देही स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको हो ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूखश्री प्रकाश बिक्रम खत्री र अस्पतालका कार्यकारी निर्देशक भीम तुलाचनले हस्ताक्षर गरे ।

Esewa
Crest

उक्त सम्झौता पछि ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

हालसम्म काठमाण्डौ केन्द्रित सेवा प्रदायक साझेदार संस्थाहरुसंग सम्झौता गर्दै आएको यस कम्पनीले देशका अन्य प्रदेश स्थित संस्थाहरुसंग समेत सम्झौता गर्दै जाने र यस्ता सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS