IME Life New

प्रभु लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकी छिन् । शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट आज ३० गते मंगलबार सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण गरेकी हुन् ।

नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको सपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइ, नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रासद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कम्पनीको २०८० जेठ २६ गते शुक्रबार कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन लगायत मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुुुसन शेरचन सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । पाँचौं वार्षिक साधारण सभा पश्चात २०८० जेठ २८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरुपमा सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS