Connect IPS
IME Life

राकेशले साथीको विवाहमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बर्दिबास नपा–१४, महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले आफ्ना साथी परमेश्वर महतोेको यही जेठ १५ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । प्रभु लाइफ इन्स्योरेन्सको जीवन स्पर्स बीमा योजना उपहार दिए ।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताए । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

Prabhu
Crest

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । परमेश्वर महतोको विवाह अम्बिका महतोसँग भएको हो । होटल व्यवसायी दुलाहा परमेश्वर महतोे विभिन्न संघ संस्थासँग समेत आवद्ध रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS