IME Life New

बिर्तामोडमा हिमालयन लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिर्तामोड । यूनियन, गुराँस र प्राइम लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो पटक झापाको बिर्तामोडमा अभिकर्ता जागरण कार्यक्रम आयोजना गरेको छ । आइतबार विहान कम्पनीले प्रमुख लिडरहरुको उपस्थितीमा जागरण कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले क्रियाशिल अभिकर्ताका लिडरहरुलाई प्रशिक्षण दिएका थिए । नेपाल कै ठूलो मर्जरपश्चात अभिकर्ताहरुसँग चिनजानका साथै नयाँ उचाईमा जान कम्पनीको तर्फबाट जागरण कार्यक्रम राखिएको सिइओ कर्णले जानकारी दिए । बीमा व्यवसाय एक पुण्यको काम भएको भन्दै अभिकर्ताहरुलाई सक्रियतापूर्वक काम गर्न र बिमितको सुरक्षा र बचतको पाटोलाई महत्वका साथ शिक्षाको रुपमा समाजमा फैल्याउन सिइओ कर्णले आग्रह गरे ।

Esewa
Crest

बीमा अभिकर्ताहरु क्रियाशिल, मेहनती र इमान्दार हुने भन्दै उनीहरुको त्यो गुण समाजका अन्य क्षेत्रमा समेत काम लाग्ने बताए । ऐतिहासिक मर्जर सफल बनाउँदै हिमालयनको सिइओ नियुक्त भएकोमा अभिकर्ताहरुले कर्णलाई बधाई तथा शुभकामना दिएका थिए ।

मर्जर पश्चात बनेको हिमालयन लाईफ विभिन्न सूचकहरुमा नेपालको ठूलो कम्पनी भएको भन्दै अभिकर्ताहरुलाई हौसला दिएका थिए । कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख भुपराज पराजुली, उपप्रमुख नविन मिश्रलगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारी र अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS