IME Life New

बैशाख महिनामा १२ अर्बले निक्षेप भित्रिदा कर्जा प्रवाह १० अर्बले घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकमा तरलता बढ्दै जान थालेको छ । बाणिज्य बैंकहरुले बैशाख महिनामा १२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा विस्तार भने १० अर्ब ७६ करोड रुपैयाँले घटेको छ ।

समिक्षा अवधिमा बाणिज्य बैंकहरुले ४८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने यहि अवधिमा ४२ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । जवकी चैत महिनामा बाणिज्य बैंकहरुले ४३ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

Crest

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा भने कर्जा प्रवाह एक खर्ब २३ अर्बले कर्जा विस्तार भएको छ । यहि अवधिमा २ खर्ब ९९ अर्बले निक्षेप बढेको छ । यस वर्ष बाणिज्य बैंकहरुले सिडि रेसियो टाइट हुँदा नयाँ कर्जा प्रवाह गर्न पाएनन् । जव कर्जा प्रवाह गर्न सक्ने अवस्था आयो त्यतिवेला आर्थिक मन्दीका कारण नयाँ कर्जा प्रवाह गर्नै सकेनन् ।

जेठ महिनाको पहिलो ५ दिनमा पनि निक्षेप संकलन ११ अर्ब ३८ करोडले बढ्यो भने कर्जा प्रवाह २ अर्ब १० करोडले खुम्चियो । गएको बैशाख पहिलो साता कर्जा प्रवाह १९ अर्ब ९९ करोड रुपैयाँले घटेको थियो ।

Bank31 Baisakh, 2080
DepositLending
Agricultural Development 184.70180.52
Citizens Bank 161.34142.61
Everest Bank187.60164.69
Global IME Bank 421.82377.77
Himalayan Bank267.45248.65
Kumari Bank 311.75287.21
Laxmi Bank 152.33135.51
Machhapuchchhre 151.15132.24
Nabil Bank373.89334.59
Nepal Bank232.74182.03
Nepal Investment Mega 353.75322.13
NIC Asia Bank 313.25275.66
NMB Bank 199.24192.56
Nepal SBI Bank143.34123.74
Prabhu Bank 279.73243.12
Prime Commercial 168.56162.14
Rastriya Banijya 303.68238.24
Sanima Bank 167.61147.36
Siddhartha Bank 216.77189.59
Standard Chartered 114.1995.11
Sunrise Bank Ltd135.55123.14
INDUSTRY TOTAL / AVG4840.444298.61

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS