IME Life New

बैशाख महिनामा १२ अर्बले निक्षेप भित्रिदा कर्जा प्रवाह १० अर्बले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकमा तरलता बढ्दै जान थालेको छ । बाणिज्य बैंकहरुले बैशाख महिनामा १२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा विस्तार भने १० अर्ब ७६ करोड रुपैयाँले घटेको छ ।

समिक्षा अवधिमा बाणिज्य बैंकहरुले ४८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने यहि अवधिमा ४२ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । जवकी चैत महिनामा बाणिज्य बैंकहरुले ४३ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

Esewa
Crest

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा भने कर्जा प्रवाह एक खर्ब २३ अर्बले कर्जा विस्तार भएको छ । यहि अवधिमा २ खर्ब ९९ अर्बले निक्षेप बढेको छ । यस वर्ष बाणिज्य बैंकहरुले सिडि रेसियो टाइट हुँदा नयाँ कर्जा प्रवाह गर्न पाएनन् । जव कर्जा प्रवाह गर्न सक्ने अवस्था आयो त्यतिवेला आर्थिक मन्दीका कारण नयाँ कर्जा प्रवाह गर्नै सकेनन् ।

जेठ महिनाको पहिलो ५ दिनमा पनि निक्षेप संकलन ११ अर्ब ३८ करोडले बढ्यो भने कर्जा प्रवाह २ अर्ब १० करोडले खुम्चियो । गएको बैशाख पहिलो साता कर्जा प्रवाह १९ अर्ब ९९ करोड रुपैयाँले घटेको थियो ।

Bank 31 Baisakh, 2080
Deposit Lending
Agricultural Development  184.70 180.52
Citizens Bank  161.34 142.61
Everest Bank 187.60 164.69
Global IME Bank  421.82 377.77
Himalayan Bank 267.45 248.65
Kumari Bank  311.75 287.21
Laxmi Bank  152.33 135.51
Machhapuchchhre  151.15 132.24
Nabil Bank 373.89 334.59
Nepal Bank 232.74 182.03
Nepal Investment Mega  353.75 322.13
NIC Asia Bank  313.25 275.66
NMB Bank  199.24 192.56
Nepal SBI Bank 143.34 123.74
Prabhu Bank  279.73 243.12
Prime Commercial  168.56 162.14
Rastriya Banijya  303.68 238.24
Sanima Bank  167.61 147.36
Siddhartha Bank  216.77 189.59
Standard Chartered  114.19 95.11
Sunrise Bank Ltd 135.55 123.14
INDUSTRY TOTAL / AVG 4840.44 4298.61

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS