IME Life New

इयूले पाम आयलकाे आयातमा अघाेषित प्रतिबन्ध लगाउँदा नेपाली उपभाेक्तालाई फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । यूराेपेली स‌ंघ(इयू)ले वन संरक्षण सम्बन्धी नयाँ कानून पारित गरेलगत्तै दक्षिणपूर्वी एशियाली मुलुक मलेशिया र इण्डाेनेशियाकाे ताड(पाम) निकासी व्यापार अप्ठेराेमा परेकाे छ। इयूले वनसम्पदा मासेर प्राप्त गरिएकाे जमिनमा उत्पादित वस्तुहरुकाे आयातमा प्रतिबन्ध लगाउने नयाँ कानून जारी गरेकाे छ।

मलेशिया र इण्डाेनेशियाका लागी ठूलाे बजारकाे रुपमा रहेकाे इयूले प्रतिबन्ध लगाउने तयारी गरेसँगै दक्षिण एशियाली मुलुकहरू नेपाल, भारत, बंगलादेश लगायतले लाभ पाउने संभावना बढेकाे छ। इण्डाेनेशिया र मलेशिया पाम आयल निर्यात गर्ने विश्वकै पहिलाे र दाेश्राे ठूलाे निर्यातकर्ता मुलुक हुन् । यी दुबै मुलुककाे वैदेशिक मुद्रा आर्जनमा पाम आयलकाे निकासीबाट प्राप्त आम्दानीले महत्वपूर्ण हिस्सा ओगटेकाे छ।

Esewa
Crest

सस्टेनेबल पाम आयल नामक अध्ययन प्रतिवेदनका अनुसार, पाम आयलकाे लागी विश्वकै ठूलाे बजार मानिएकाे इयूमा विश्वभरमा खपत हुने पाम आयलकाे कूल खपतमध्ये ४२ प्रतिशत खपत हुने गरेकाे छ।

इयूकाे नयाँ कानूनले सन् २०२० यता वन मासेर तयार पारिएकाे भूमीमा उत्पादन गरिएकाे कुनै पनि वस्तुहरु इयूका सदस्य राष्ट्रहरुमा आयात गर्न राेक लगाएकाे छ । याे प्रावधान सोया भटमास, ताड़ीकाे तेल,काठ, कोको, कॉफी, रबर, दाउराकाे कोइला, बाेक्रा,चॉकलेट र फर्निचर सहित अन्य थुप्रै उत्पादनरूकाे इयूकाे सदस्य राष्ट्रहरूमा निर्यातमा लागू हुनेछ।

यूराेपियन पाम आयल एलायन्सकाे दबाबमा युराेपेली स‌ंघले पर्यावरण संरक्षणकाे आवरणमा पाम आयलकाे आयातमा अघाेषित प्रतिबन्ध लगाउँदै प्रतिस्पर्धा निषेध गर्न खाेजेकाे आराेप समेत लागेकाे छ। नयाँ कानूनका कारण दक्षिण पूर्वी मुलुकले पाम आयलकाे उत्पादनकाे उत्पत्तिकाे श्राेत पुष्टी गर्न व्यहाेर्नुपर्ने प्रकृयागत झण्झट र पैसाकाे खर्चले उत्पादन महँगाे बनाएर प्रतिस्पर्धाबाट वञ्चित गराउने भन्दै मलेशियाले चिन्ता व्यक्त गरेकाे छ।

अब निर्यातकर्ता मुलुकले सन् २०२० पछि उजाडिएकाे वन क्षेत्रमा उत्पादन नभएकाे भन्ने प्रमाण पेश गर्नुपर्नेछ र प्रमाण झूठाे भएकाे अवस्थामा भारी जरिवाना तिर्नुपर्नेछ।

मलेशियाले यूराेपेली संघले ताडकाे तेलकाे घरेलु बजारका उत्पादकहरूकाे संरक्षणका लागी अप्रत्याशित र अव्यवहारिक कानून लागू गरेकाे भन्दै ‍औपचारिकरुपमा आलाेचना समेत गरेकाे छ। इण्डाेनेशियासँग मिलेर यसकाे विरुद्धमा उपचार खाेज्ने प्रतिकृया समेत दिएकाे राेयटर्सले उल्लेख गरेकाे छ।

पाम आयल वनस्पति घिउ उत्पादनमा प्रयाेग हुने मुख्य कच्चा पदार्थ हाे । याे तेल ,घिउ विशेषगरी चाउचाउ, नमकिन उत्पादन, पिज्जा, लिपस्टिक र हाेटलहरूमा पकाैडा, भुजियालगायतका चिल्लाे र कुरूमकुरूम हुने खाद्य वस्तु उत्पादन गर्नका लागी प्रयाेग हुँदै आएकाे छ। याे तेल तुलनात्मकरुपमा सस्ताे हुने भएकाले गरिब तथा विपन्न परिवारले ताेरी तेलकाे साटाे यसकाे प्रयाेग गर्न रुचाउँछन् । छिमेकी मुलुक भारत पाम आयलकाे ठूलाे बजार हाे ।

मलेशियाकाे स साना ताड उत्पादक किसानहरूले कूल ताड उत्पादनमा २६ प्रतिशत अर्थात करिब १५ लाख हेक्टेर ताड़(पाम)काे रूख राेपेका छन् । समाचार एजेन्सी राेयटर्सका अनुसार विश्वव्यापीरूपमा ७० लाख भन्दा पनि बढी साना किसान जीवन यापनका लागी ताड़काे तेलकाे खेती गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS