IME Life New

प्रकाश कुमार श्रेष्ठको मुक्तक : जीवन बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जमल शाखाका प्रवन्धक प्रकाश कुमार श्रेष्ठले रचना गरेका बीमा सम्बन्धी केहि मुक्तकहरु ।

 

Esewa
Crest

हो, कोही हुन्न तपाईंलाई अप्ठ्यारो पर्दा, याद गर्नुस् !

उज्यालो सकिनेछ जीवनमा अध्याँरो पर्दा, याद गर्नुस् !

एक मात्र उपाय बीमा न हो– आर्थिक सुरक्षाको लागि

त्यसैले त बीमा चाहिन्छ गाह्रो साह्रो पर्दा, याद गर्नुस् !!

(१)

यस कारण बुझ्ने मान्छेको बीमा हुन्छ हजूर !

हाम्रो बशमा के छ ? सबै भावीमा हुन्छ हजूर !

जीवन अनिश्चित छ, जतिखेर जे नि हुन सक्छ

हो तन्किने रवरको पनि त सिमा हुन्छ हजूर !!

(२)

पिडाहरुको पनि एक सिमा भइदिए !

पतझर पनि त हरियालीमा भइदिए !

आनन्दित मन र ढुक्क जीवन हुन्थ्यो !

यदि प्रत्येक वियोगको बीम भइदिए !

(३)

तिमी आफू मात्र मूर्ख बन्न सक्छौ साथी

केवल दुःखका दिनहरु गन्न सक्छौ साथी

बीमा नै एक मात्र उपाय हो सुरक्षित रहने

नत्र कसरी सुरक्षित छु भन्न सक्छौ साथी ??

(४)

तपाईं शिखर चढ्दा पनि बेशी झर्दा पनि !

सत्य ! तपाईं बाच्दा पनि तपाईं मर्दा पनि !

बीमा त छाता जस्तै हो काम लाग्छ जतिखेरै

हजूर, घाम लाग्दा पनि अनि पानी पर्दा पनि !!

(५)

साथी ! तिम्रो काधमा ठूलै जिम्मेवारी छ, थाहा छ नि ?

घरमा बुढा बा–आमा, साना बाबु–नानी छ, थाहा छ नि ?

सबै भन्दा उत्कृष्ट पेशा– अभिकर्ता हो काम गरी हेर, जहाँ

शून्य लगानी छ तर मनग्य आम्दानी छ, थाहा छ नि ??

(६)

महाशय ! अझै पनि किन ढिला ? किन अलमल छ ?

हो आजको निर्णयले भविष्य सुरक्षित छ, उज्जल छ !

बेलैमा सम्पर्क गरिहाल्नुस्, आफू र आफ्नाका लागि

सहि जीवन बीमाको लागि सहि ठाउँ मात्र ‘जमल’ छ !!

(७)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS