IME Life New

१५ औं वार्षिकाेत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै एशियन लाईफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । एशियन लाईफ इन्स्याेरेन्स लिमिटेडले १५ औं वार्षिकाेत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार सहयाेग सामाग्री हस्तान्तरण गरेकाे छ।
वार्षिकाेत्सवकै अवसरमा स‌ंस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत चाबहिल शाखाले सर्वेश्वर महादेव मन्दिरलाई प्लाष्टिककाे १५ थान कुर्सी हस्तान्तरण गरेकाे छ। शाखा प्रबन्धक अशाेक राज गिरीले संचालक समिति अध्यक्षलाई शनिबार मन्दिर परिसरमा कुर्सी हस्तान्तरण गरेका हुन् ।
यसअघि कम्पनीले कर्मचारी परिवारका बालबालिकाकाहरुकाे सहभागीतामा बालचित्रकला प्रतियाेगिताकाे आयाेजना गरेकाे थियाे । प्रतियाेगितामा पाेखराकी स‌ंवदा पाैडेल प्रथम्, धरानकी श्रीनिका शर्मा द्वितीय, मुगुकी रावत तृतीय, भक्तपुरका रिशभ थापा चाैथाे, भक्तपुरकै दृशना दाहाल पाँचा‌ै‌ं र सिन्धुपाल्चाेक खाडीचाैरकी रितिका पराजुली छैठाैं स्थान हासिल गर्न सफल भएका छन् । उनीहरूलाई कम्पनीले नगद पुरस्कार समेत वितरण गरेकाे छ। पुरस्कृत बालबालिकाहरुकाे चित्रकलालाई कम्पनीले २०८० सालकाे भित्ते पात्राेमा समेत प्रकाशन गरेकाे छ।
कक्षा ८ मा अध्ययनरत पाेखराकी छात्रा स‌ंवदा पाैडेलले काेरेकाे चित्र
वार्षिकाेत्सवकाे अवसरमा कम्पनीकाे शाखा,उपशाखाहरूले स्थानीय स्तरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशैभर विभिन्न कार्यक्रमहरु आयाेजना गरिरहेका छन् । यसैगरी शाखा, उपशाखा कार्यालयहरूले स्थानीय विद्यालय, वृद्धाश्रम, अनाथालय, मठमन्दिरहरूमा विभिन्न सहयाेग सामाग्री हस्तान्तरका साथै भाेजन खुवाउने कार्यक्रम समेत संचालन गरिरहेका छन् । ।
कम्पनीका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चैत्र २१ गते वार्षिकाेत्सवका अवसरमा मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिंदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS