IME Life New

नेपाल लाइफले सार्वजनिक गर्यो २०८० सालको नयाँ क्यालेन्डर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनील वि.सं.२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् ।

बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

Crest

“किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS