IME Life New

एशियन लाईफ इन्स्याेरेन्सकाे अभिकर्ता संघमा लामिछानेकाे नेतृत्वमा १३ सदस्यीय कार्य समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एशियन लाईफ इन्स्याेरेन्स पेशागत अभिकर्ता स‌ंघ बीमक समितिले नयाँ कार्य समिति चयन गरेकाे छ। बुटवलमा शनिबार सम्पन्न दुई दिने केन्द्रीय अधिवेशनकाे बन्द शत्रले दामाेदर लामिछानेकाे नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेकाे हाे ।

नवनिर्वाचित कार्य समितिकाे वरिष्ठ उपाध्यक्ष सीता भण्डारी उपाध्यक्ष सन्तलाल राई महासचिव राजु साह कानू सहसचिव कर्ण बहादुर हमाल काेषाध्यक्ष गाेविन्द पन्थ रहेका छन् । यसैगरी कार्य समिति सदस्यहरुमा बद्री भट्टराई अशाेक थापा उमानन्द राजव‌ंशी ,मनिष अग्रवाल खुमा बुढामगर  श्रीधर घिमिरे रहेका छन् ।

Esewa
Crest

पुनः निर्वाचित अध्यक्ष लामिछानेले एशियन लाईफकाे सर्वाेपरी हितलाई ध्यानमा राख्दै पेशागत अभिकर्ताकाे हकहितका लागी आफ्नाे नेतृत्वकाे कार्य समितिले अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले संघमा अझै धेरै अभिकर्तालाई समेट्दै अभिकर्ताकाे पेशागत दक्षता अभिवृद्धिका लागी समेत स‌मितिले काम गर्ने जानकारी दिए ।

नवनिर्वाचित कार्य समितिलाई एशियन लाईफ इन्स्याेरेन्स स‌ंचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत हाेम बहादुर श्रेष्ठ, नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS