Connect IPS
IME Life

महालक्ष्मी लाइफको मुनाफा ३५ प्रतिशतले बृद्धि, दाबी भुक्तानी ३८ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा महालक्ष्मी लाइफले ७ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५ करोड ३० लाख रुपैयाँ थियो । यस्तो मुनाफा एक्चुरियल मूल्याङ्कन र लेखापरीक्षण पश्चात तल माथि हुन्छ ।

महालक्ष्मी लाइफले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा भने खासै ठुलो सुधार गर्न सकेको छैन । यद्यपी दोस्रो त्रैमाशिक अवधिमा ८.६२ प्रतिशतले बढाएर ७३ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६७ करोड ९१ लाख रुपैयाँ थियो । कुल बीमा शुल्क आर्जन पनि ८.१९ प्रतिशतले बढेर ७५ करोड ५७ लाख रुपैयाँ छ ।

Prabhu
Crest

त्यस्तै खुद दाबी भुक्तानीमा यस वर्ष उल्लेख्य बृद्धि भएको छ । कम्पनीमा दाबी भुक्तानीको अनुपात बढ्न थालेको हो । समिक्षा अवधिमा कम्पनीले १० करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा क्मपनीले ७ करोड ३७ लाख रुपैयाँ थियो । दाबी भुक्तानी बढ्दा आगामी वर्षमा बीमितको बोनसदरमा पनि सामान्य असर पर्नेछ ।

महालक्ष्मी लाइफको यस वर्ष अभिकर्ता कमिशन १५ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा अभिकर्ताहरुलाई १० करोड ९३ लाख रुपैयाँ मात्रै कमिशन भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा यस्तो कमिशन खर्च १२ करोड ९९ लाख रुपैयाँ थियो ।

कुल कायम बीमालेख संख्या ३६ प्रतिशतले बढेको छ । हाल महालक्ष्मी लाइफमा जारी बीमालेख संख्या ४५ हजार ५२६ वटा रहेको छ भने गत वर्षको यहि अवधिमा ३३ हजार ४६८ मात्रै थियो । दाबी भुक्तानी हुन बाँकी रकम भने २५ लाख ६३ हजार रुपैयाँ छ । चुक्ता पूँजी ५० प्रतिशतले बढाएर २ अर्ब १० करोड पुर्याएको छ भने जगेडा कोष पनि ६० प्रतिशतले बढेर ३२ करोड ५९ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS